आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

संघमा १५ र प्रदेशमा २५ सिट जित्ने एमालेको दाबी

संघमा १५ र प्रदेशमा २५ सिट जित्ने एमालेको दाबी


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७९, सोमबार

पोखरा/नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले आगामी मंसिरमा हुने निर्वाचनमा संघमा १५ र प्रदेशमा २५ सिट जित्ने दाबी गरेको छ ।

आइतबार पोखरामा चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने क्रममा गण्डकी प्रदेशबाट संघमा थोरैमा पनि १२ देखी १५ र गण्डकी प्रदेशमा थोरैमा पनि २२ देखी २५ सिट सहजै जित्ने दाबि गरेको हो ।
एमाले गण्डकी प्रदेश कमिटिले सार्वजानिक गरेको प्रतिबद्धता पत्रमा गठबन्धन लोकतन्त्र र समृद्धिको बाधक भएको आरोप समेत लगाइएको छ । गठबन्धन कुनै राजनितिक सिद्धान्तको जग विनै बनेको कारण सिद्धान्तहीन र स्वार्थीहरुको गठबन्धन भएको आरोप लगाएको छ ।

घोषणापत्रमा अधिकांश पुरानै योजनालाई समेटिएको छ । पाँच वर्षअघि नेकपा बहुमतको सरकार हुँदा प्रदेशमा २ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित बनाएका योजनालाई नै प्रतिबद्धता पत्रमा समेटिएको छ । प्रतिबद्धता पत्र निमार्ण समितिका संयोजक धनञ्जय दवाडीले अपुरो सपनालाई पूरा गर्नका लागि एमाले अघि बढेको प्रतिक्रिया दिए ।
उनले प्रतिवद्धता पत्रमा गौरवका योजना समेटिएको बताए । एमालेको सरकार आएमा गण्डकी प्रदेशमा रहेको १४ प्रतिशत गरिबीको निवारणका लागि प्रत्येक परिवारका एक सदस्यलाई रोजगार दिनेगरी योजना बनाएको बताए ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य, पार्टी प्रदेश सह इञ्चार्ज एवं पूर्वमन्त्री जगत विश्वकर्माले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा करको दर नभइ दायरा बढाएर राजश्व वृद्धि गरी प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने योजना रहेको बताए । उनले एमालेले गण्डकीमा बहुमतको सरकार बनाउने गरी अघिबढेको सुनाए ।

गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्माले हिजोका योजना अपुरो भएका कारण आफुहरुले प्रतिवद्धता पत्रमा समेटेको बताए । उनले आफैले गर्नुपर्ने काम भएकाले त्यो पूरा गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->