
काठमाडौं/नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
रिजालका अनुसार घोषणा पत्रको सार्वजनिकरण केही नयाँ ढंगले हुदैछ । त्यसमा अध्यक्ष ओलीसँग लाइभ डिबेटको कार्यक्रम पनि राखिएको छ । अध्यक्ष ओलीले पनि आज घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको भन्दै आफू झापाबाट काठमाडौं फर्किएको सामाजिक सञ्जाललमा उल्लेख गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ । निर्वाचनलाई लक्षित गर्दै एमालले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।





