बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

दुर्लुङ समाज पोखराको सरसफाइ

दुर्लुङ समाज पोखराको सरसफाइ


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७९, बुधबार

पोखरा/ दुर्लुङ समाज पोखराले धार्मिक तथा पर्यटकिय केन्द्र विन्ध्यावासिनी मन्दिर परिसरमा सरसफाइगरेको छ ।
पर्वत साविक दुर्लुङ स्थायी घर भई पोखरामा बसोबास गर्नेहरुद्धारा गठन गरेको दुर्लुङ समाज पोखराले आप्mनो प्रथम स्थापना दिवसको अवसर पारेर मंगलबार उक्त सरसफाई गरेको हो ।
विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितकिा अध्यक्ष गणेशबहादुर श्रेष्ठले भक्तजनहरुको सहयोग तथा सदभावले मन्दिरको सर्वाङगिण विकासमा सहयोग पुगेको बताए । समाजले आयोजना गरेको सरसफाई कार्यक्रमलेसकरात्मक सन्देश प्रवाह गर्ने भन्दै समाजको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे । श्रेष्ठले मन्दिरले विन्ध्यावासिनी संस्कृत पाठसाला सञ्चालन गरेको सुनाउँदै भविष्यमा आयुर्वेदिक अस्पताल सञ्चालनको योजना रहेको बताए ।

दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम शर्माले समाजको प्रथम स्थापना दिवसको अवसरमा माता विन्ध्यावासिनी मन्दिर परिसरमा सरसफाई गर्न पाउनु खुसीको विषय भएको बताए ।
समाजका सचिव ईश्वरी पौडलले सामाजिक संघ संस्थालाई डलरको खेती गर्ने आरोप आउने गरेको भन्दै सवै संघसंस्थाको प्रकृति र उद्देश्य एउटै नहुने धारणा व्यक्त गरिन । स्थापनाको एक वर्षको अवधिमा समाजले धेरै अनुकरणिय कामहरु गरेको वताउँदै पौडेलले भविष्यमा पनि तिनै तहका सरकारसँग हातेमालो गर्दै अगाडी वढ्ने बताईन ।

समाजले एक वर्षको अवधिमा पोखरामा वस्ने दुर्लुङबासीको निधनमा श्रद्धान्जली अर्पण, आवश्यकता अनुसार सहयोग र सम्वन्वय, प्रथम साधरण सभा सम्पन्न, स्थानिय निर्वाचनको अवसरमा दुर्लुङमा नागरिकसँग उमेद्धवार कार्यक्रम, दुर्लुङ कोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन पोखराका प्रतिनिधी मण्डलको अवलोकन भ्रमण, दुर्लुङको विकासको लागि कुश्मा नगरपालिकामा ज्ञापन पत्र पेश, स्थानिय निकायमा निर्वाचित जनप्रतिनिधिको सम्मान, वाडी पिडितलाई सहयोग, चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम, पोखरा महानगरपालिकाद्धारा सञ्चालित फेवाताल सरसफाई अभियानमा सहभागी भएको छ भने दुर्लुङलाई एम्वुलेन्स अभियानको लागि आर्थिक सहयोग सञ्चालन गर्दै आएको छ ।

सरसफाई कार्यक्रममा समाजका सल्लाहकार तथा समाजसेवी उदिम बहादुर गुरुङ, समाजका प्रथम उपाध्यक्ष क्याप्टेन कुलबहादुर गुरुङ, द्धित्तिय उपाध्यक्ष टेक बहादुर वि.क, सह सचिव शिवप्रसाद पौडेल ( वुद्धि ), कार्य समिति सदस्य, राम बहादुर थापा क्षेत्री, रविन पोख्रेल, राधा पौडेललगायत आजीवन तथा साधरण सदस्यको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->