बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गन्डकी प्रदेशलाइ नमूना प्रदेश बनाउछौँ : खगराज

गन्डकी प्रदेशलाइ नमूना प्रदेश बनाउछौँ : खगराज


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७९, बुधबार

पोखरा/ नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ ( १) का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गन्डकी प्रदेशलाइ नमूना प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रुपा गाउँपालिका वडा नम्बर ५ देउराली, फेदी, रामदी र खडागाउमा घरदैलो पछिको कोणसभालाई सम्बोधन गर्दै अधिकारीले उक्त कुरा बताएका हुन् । एमालेका संगठन बिभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको बिकास र जनताका सपना पुरा गर्ने पार्टी एमाले रहेको बताउदै बिकासका लागि सबै दललाइ हातेमालो गरेर अगाडी बढ्न आह्वान गरे । चुनावपछि यो देशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबि गर्दै जनताका आवश्यकता र विकासका कामहरु तीव्र रुपमा गर्ने , स्वाथ्य सेवालाइ निःशुल्क र सेवाग्राहीलाइ अनलाइन मार्फत् सेवा दिने गरि अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->