पोखरा/ राष्ट्रिय प्रजातन्त्र पाटीबाट कास्की क्षेत्र नम्वर २ क को प्रदेश सभा सदस्यका लागी बिजय बहादुर भण्डारीले चुनावी अभियान घर दैलो सुरु गरेका छन ।
क्षेत्र नम्वर २ को समग्र विकाशको लागी आफु चुनावी मैदानमा होमिएको कुरा बताउदै भण्डारीले क्षेत्र नम्वर २ का मतदाताहरुको समस्या सुन्दै घर दैलौ कार्यक्रम सुरु गरेका हुन् ।
जनताको समस्या समाधान गर्ने उनले घरदौलोमा बाचा गरेका थिए । प्रदेश सभा सदस्यमा आफु विजय भएमा यस क्षेत्रको विकासको निम्ति आफुले कुनै कसुर बाकी नराख्ने र राज्यबाट पाईने सेवा सुविधा आफुले नलिने र त्यो रकम विपन्न वर्गको उत्थानको लागी उपयोग गर्ने जानकारी दिए ।
देश विकासको लागी युवा नेताको खाँचो परेको कारण आफू चुनावी मैदानमा होमिएको भण्डारीले जतालाई सुनाए । भण्डारीले २७ वर्षको उमेर नै प्रदेश सभाको लागि उम्मेदवारी दिएको हुन । उनले उक्त क्षेत्रको आफु कान्छो र विकासको भिजनसहितको उम्मेदवार रहेको दावी गरेका छन ।





