बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

२४ दिनदेखि बेपत्ता शर्मा अझै भेटिएनन्

२४ दिनदेखि बेपत्ता शर्मा अझै भेटिएनन्

सूचना दिनेलाई १० लाख नगद ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७९, बिहिबार

बेनी /विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भइ हाल काठमाडांै महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन् । गत महिना असोज २६ गते आइतबारका दिन साँझ चार बजेदेखि बेपत्ता भएका शर्माको खोजीकार्यमा अहिलेसम्म कुनैपनि प्रगति नभएको बिबेक शर्माले बताए ।

सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासी सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरेपनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद १० लाख समेत पुरस्कार दिने समेत घोषणा गरिएको छ । घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभएपनि केही आत्तिएकोजस्तो भने देखेको परिवारका सदस्यको भनाइ छ । परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाण्डौ आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजंगल,खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->