आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मसालबाट फुटेको ‘मशाल’ले निर्वाचन बहिष्कार गर्ने

मसालबाट फुटेको ‘मशाल’ले निर्वाचन बहिष्कार गर्ने


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०७९, सोमबार

बागलुङ/केही समयअघि मात्रै नेकपा मसालबाट फुटेको नेकपा मशालले आसन्न निर्वाचन बहिष्कार गर्ने बताएको छ । बागलुङ जिल्ला कमिटि गठनपछि आयोजित दोश्रो बैठकले उक्त निर्णय गरेको आइतबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रवक्ता रेशम गिरीले बताए ।

दोश्रो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गिरीले आम नागरिकलाई पनि निर्वाचन बहिस्कार गर्न आग्रह गर्ने बताए । ‘यतिका समय मतदान गरेर जिताएका नेताबाट कुनै परिवर्तन संभव नभएपछि अब मतदान गर्नुको औचित्य छैन’, गिरीले भने, ‘अब पनि उनीहरुबाट परिवर्तन संभव छैन ।’

मशालले सामन्ती र अर्ध औपनिवेशिक अवस्थाको अन्त्य गर्ने संघर्षको स्वरुप ग्रामीण वर्ग संघर्ष तथा शहरीय सशष्त्र जनविद्रोहको नीति पारित गरेको उनले जानकारी गराए । दिर्घकालमा यो नीति अनुसार जाने भन्दै आसन्न निर्वाचन बिथोल्न सशष्त्र आन्दोलन भने नगर्ने बताए ।

नेपालको कम्युनिष्ट आन्दोलन संसदवादको दलदलमा फसेको, बहुदलीय व्यवस्था स्थापनाको ३३ बर्ष लोकतन्त्र स्थापनाको १५ वर्ष हुँदा पनि व्यवस्थाबाट जनताका न्युनतम आवस्यकता पुरा नभएकोले जनताको जनजीवन झन्झन् कष्टकर बनेको पार्टीको ठहर छ । मोहनबिक्रम सिंहले नेतृत्व गरेको नेकपा मसाल पनि संशोदनवादमा भासिएपछि छुट्टै पार्टी बनाएर आन्दोलन अगाडि बढाएको गिरीले जानकारी दिए । पत्रकार भेटघाटमा नो भोट, नो नट अगेन जस्ता बिषय अगाडि बढाउने पनि जानकारी दिइयो ।

निर्वाचन बहिस्कारका लागि उक्त दलले बैद्य समूहको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र रामनारायण पाल नेतृत्वको नेकपा बीच सहकार्य गर्ने पनि जनाइएको छ । विप्लव नेतृत्वको नेकपाले पनि बहिष्कार नीति लिएपनि यो समूहबीच सहकार्य नभएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->