सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाललाई २ सय ६४ रनको लक्ष्य

नेपाललाई २ सय ६४ रनको लक्ष्य


  • ढोरपाटन संवाददात
  • कार्तिक २८ २०७९, सोमबार

पोखरा / यइएईले ओडिआइ खेलमा घरेलु टोली नेपाललाई २ सय ६४ रनको बलियो लक्ष्य दिएको छ ।

पहिलो ओडिआई खेलमा टस हारेर व्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको विशाल योगफल तय गरेको हो ।

युएईका रोहन मुस्ताफाले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । ७१ बलमा उनले ७ चौका प्रहार गरे । सोमपाल कार्मीको बलमा आसिफ सेखबाट क्यआउट हुन पुगे ।

ओपनरद्धय मुहम्मद वसिम र भ्रित्या अर्विन्दले उत्कृष्ट सुरुवात गरे । वसिमले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रन जोडे भने अर्विन्दले ८२ बलमा ६ चौका प्रहार गर्दै ४० रन जोडे ।

अलिसान सराफुले ३९ बलमा २ चौका सहित २९ रन जोडे । कप्तान चुन्दाङगापोयील रिवाजन २ रनमा आउट भए । वसिह हमिद १४, आयान राजा २७ रनमा अविजित रहे ।

उनले १६ बलमा १ चौका र २ छक्का प्रहार गरे जुनाइद सिद्धिक्यु १ रनमा अविजित रहे ।

नेपालका लागि गुल्सन झाले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । नेपालले युएईका तिन ब्याट्सम्यान अलिसान, वसिल र आयानलाई रनआउट गरेको थियो । अबको केही समयमा नेपालले ब्याटिङ गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->