पोखरा /घरेलुटोली नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाकिस्तानलाई हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ फुटबल रंगशालामा भएको खेलको अन्त्यतिर फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो ।
अन्जनले अन्तर्राष्ट्रिय खेलमा गरेको यो ११ औं गोल हो ।
बुधबार भएको खेलको पहिलो मिनेटमा विमल घर्ती मगरले गोलको सुवर्ण अवसर खेर फाले ।
११औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिन सफल भए ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा नेपालले अपेक्षित खेल पस्कन नसकेपनि गोल गरेको हो ।
८३औं सुनिल बलको क्रस पासमा अन्जनले उत्कृष्ट गोल गरेका हुन् । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि पाकिस्तान मैदान फर्किएको हो ।





