सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल तिन विकेटले विजयी

नेपाल तिन विकेटले विजयी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०७९, बुधबार

पोखरा / नेपालले दोस्रो ओडिआईमा युएईलाई तिन विकेटले हराउँदै १–१ को बराबरी अवस्थामा पुगेको छ ।
जितका लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।

नेपालको जितमा आरिफ शेख ५८ बलमा ३ चौकासहित ३३ रनमा अविजित रहे । सोमपाल कामी १६ बलमा २ चौकासहित १६ रनमा अविजित रहे ।

गुलशन झा ४९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । गुलशनको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो ।

एक समय २९.१ ओभरमा १०६–६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागी गुलशन झा र आरिफ शेखले ६२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

कुशल भुर्तेल ५२ बलमा ६ चौकासहित ३६ रनमा बोल्ड आउट भए । कुशल स्पिनर रोहन मुस्तफाको योर्कर बल रिड गर्न चुक्दा बोल्ड हुन पुगेका थिए ।

ओपनर अर्जुन साउद शून्यमा आउट भए । आसिफ शेख ठूलो सटको चक्करमा एज लागेर बासिल हामीदबाट ६ रनमा क्याच भए ।

कप्तान रोहित पौडेललाई ८ रनमा एलबीडब्लू आउट गरे । स्वीप सट खेलेका रोहित गल्भ्समा लागेपनि एम्पायरले आउट दिएका थिए ।

ज्ञानेन्द्र मल्ल २६ रनमा रन आउट भए । मल्लले ५९ बल खेल्दै ४ चौका हाने । दीपेन्द्रसिंह ऐरी १३ रनमा बोल्ड आउट भए ।

२२ औं ओभरको दोस्रो बलपछि युएईका फिल्डर एलिशान शराफुले बलमा थुक लगाएपछि नेपालले पाँच रन पेनाल्टीमा पाएको थियो ।

कोरोनापछि बलमा थुक लगाउन प्रतिबन्ध लगाइएको छ । त्यसको फाइदा नेपालले पेनाल्टीमा पाँच रन पाएको थियो ।

गुलशन रोहन मुश्तफाको ४५ औं ओभरको दोस्रो बलमा लङअफमा एलिशान शराफुबाट क्याच हुँदै पेभेलिएन फर्केका थिए ।

युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४३.२ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो ।

युएईका ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ७.२ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए ।

कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक एक विकेट लिए । नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो । तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->