आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

यस्तो छ, एमाले उम्मेदवार भिम कार्कीले कोरेको विकासको गोरेटो

यस्तो छ, एमाले उम्मेदवार भिम कार्कीले कोरेको विकासको गोरेटो


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०७९, बिहिबार

पोखरा/ नेकपा (एमाले)को तर्फबाट कास्की क्षेत्र नम्वर २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले विकास र समृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दावी गरेका छन् । जुन कुरा विगतको आफ्नो पार्टीको नेतृत्वको सरकारले देखाइसकेकोले अव पनि विकास कस्तो हुन्छ, एमालेले देखाउने उनको प्रष्टोक्ति छ ।

निर्वाचन अभियानको क्रममा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पोखरा महानगरका विभिन्न स्थानमा जनसाक्षात्कार गर्न पुगेका एमाले उम्मेदवार कार्कीले सुशासन, विकास, समृद्धि र समानताका लागि ५ वर्षे नीति तथा कार्यक्रम सार्वजनिक गरेको भन्दै एमालेका ट्वान्टी ग्यारेन्टी नै विकासको नेतृत्व गर्ने खाका भएको उल्लेख गरे ।

कार्कीले जस अन्तर्गत बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र, दिगो आर्थिक विकास, उच्च आर्थिक वृद्धिदर , भुमिको बैज्ञानिक व्यवस्थापन, कृषि भुमिमा पानी सिँचाईमा लगानी, सहकारीबाट व्यवसाय प्रवद्र्धन गर्दै नागरिकको आर्थिक उन्नयन, औद्योगिकिकरण मार्फत अर्थतन्त्रको रुपान्तरण, पर्यटन र संस्कृति राष्ट्रको समुन्नति,राष्ट्रका लागि युवा युवाका लागि एमाले, कमाई युवाको रमाई, पढाइ भविस्यको जग बसाई, खेतबारीमा पानी स्वदेशमा जवानी, फ्री युनिट पचास युनिट्व, दिन दिनै सडक विस्तार विकासका पूर्वाधारको आधार, स्वस्थ महिनावारी १५ सय वर्षभरी, हाम्रो नेपाल निरोगी नेपाल, मर्यादित श्रम सुरक्षित रोजगारी अघि सारेको बताए ।

उनले स्वस्थ खानेपानी जनताको हकलाई सम्वोधन गर्न फ्री मिटर दश हजार लिटर,अब भोकै कोहि नेपाली बस्नु नपर्ने अवस्था सिर्जना गर्न हङ्गर नो लङ्गरको अवधारणा अघि सारेको भन्दै उत्पादन स्वदेशी बजार विदेशी,सुरक्षित छाना सबैको चाहाना, नो लाइन सेवा अनलाइन फाइभजी संचार आइटिमा चमत्कार लगायतका कार्यक्रम घोषणा गरेको र अव बन्ने एमाले सरकारले पूरा गरेरै छाड्ने बताए ।
कार्कीले समृद्ध गण्डकी निर्माणका लागि योजना सुनाउदै विकास अभियान व्यवस्थित बनाउने, मितव्ययी र स्वावलम्वी प्रदेश सरकार निर्माण गर्दै भुमिहिन तथा अव्यवस्थित गरिरहेकाहरूलाई जग्गाको मालिक बनाउने, देशमा विद्यमान महङ्गी, भ्रष्टाचार र कुरितिलाई न्यूनीकरण गर्दै लाने, अत्याधुनिक तवरले पोखराको ट्राफिक व्यवस्थापनमा भुमिका खेल्ने उनको प्रतिवद्धता छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->