सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विश्वकप फुटबल : आयोजक कतारमाथी इक्वेडरको २ गोल

विश्वकप फुटबल : आयोजक कतारमाथी इक्वेडरको २ गोल


  • विजय नेपाली
  • मंसिर ४ २०७९, आइतबार

पोखरा / फिफा विश्वकप २०२२ अन्तर्गत उद्घाटन खेलमा आयोजक कतारले हार व्यहोरेको छ । अल वेयत फुटबल रंगशालामा भएको खेलमा इक्वेडरका एनर भ्यालेन्सिया चम्कदा कतारलाई २-० गोलले हराउन सफल भएको हो ।

हारसंगै कतार विश्वकपको उद्घाटन खेलमा हार बेहोर्ने पहिलो आयोजक टोली समेत बन्न पुग्यो । २२ संस्करण आइपुग्दा विश्वकपमा आयोजक टोलीले उद्घाटन खेलमा हार व्यहोरेको इतिहास छैन ।

खेलको तेस्रो मिनेटमै इक्वेडरको गोल भिडियो एसिसेन्ट रेफ्री (भार) ले मान्यता दिएन । एनर भ्यालेन्सियाले हेडरमार्फत गोल गरेपनि गोल अफसाइड रहेको थियो । तर भ्यालेन्सियाले १७ अ‍ौं मिनेटमा भने अग्रता दिलाए । गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा उनले गोल गरे ।

खेलको ३१ अ‍ौं मिनेटमा उनले अग्रता दोब्बर पारे । एन्जेलो प्रेसियाडोको क्रसमा उनले गरेको प्रहार गोलरक्षक अलसिबले बचाउन सकेनन् ।

इन्ज्युरी समयमा कतारले खेलमा फर्कने सुवर्ण अवसर गुमायो । कप्तान अल हेडोसको क्रसमा अल्मोएज अलीले फ्रि हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।

दोस्रो हाफमा कतारले सुधारिएको प्रदर्शन गरेपनि गोलको अवसर सिर्जना गर्न सकेन । बल पोसेसन राख्दै इक्वेडरलाई दबाबमा राख्ने प्रयास गरेपनि फेलिक्स सान्चेजको टिमले डिफेन्स चिर्न सकेन ।

७९ अ‍ौं मिनेटमा इक्वेडरले अग्रता बढाउने अवसर गुमायो । वैकल्पिक खेलाडी जेरेमी सारिमेन्तोले गरेको प्रहार आकाशिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->