शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बागलुङमा पनि थालियो मतगणना

बागलुङमा पनि थालियो मतगणना


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७९, सोमबार

बागलुङ/ राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीको निर्वाचन क्षेत्र बागलुङ क्षेत्र नं. १ र शिक्षामन्त्री तथा माओबादी केन्द्रका सचिव देवेन्द्र पौडेलको निर्वाचन क्षेत्र बागलुङ क्षेत्र नं. २ को मतगणना सुरु भएको छ ।

आज दिउँसो साढे चार बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समितिको भवन बागलुङमा क्षेत्र नं. १ र निर्वाचन अधिकृतको कार्यालय ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा क्षेत्र नं. २ को मतगणना भइरहेको छ ।

आइतबारको निर्वाचनमा बागलुङमा ५५ प्रतिशत मतदान भएको बताइएको छ । गत स्थानीय निर्वाचनमा ६९ प्रतिशत मतदान भएको थियो । जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ । प्रतिनिधिसभाको क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका केन्द्रिय सदस्य डा.सूर्य पाठक लगायत चुनावी मैदानमा छन्भने क्षेत्र नं. २ मा शिक्षामन्त्री तथा नेकपा माओबादी केन्द्रका सचिव देवेन्द्र पौडेल लगायत चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->