शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङ प्रदेशसभा-१ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित

मनाङ प्रदेशसभा-१ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७९, सोमबार

पोखरा / मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन् ।

मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९ सय २५ मत पाएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।

प्रदेशसभा २ मा यसअघि नै राजीव गुरुङ ‘दीपक मनाङे’ सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मत गणना चलिरहेको छ । प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ प्रतिस्पर्धामा छन् ।

गण्डकी प्रदेशकै मुस्ताङबाट प्रतिनिधिसभा र प्रदेशसभामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->