आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले र माओवादीका महासचिव पछाडि

एमाले र माओवादीका महासचिव पछाडि


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७९, मंगलबार

पोखरा/ जारी प्रारम्भिक मतगणनामा दुई ठूला कम्युनिष्ट नेकपा एमालेका महासचिव र माओवादी केन्द्रका महासचिव पछाडि परेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका महासचिवहरु निरन्तर पछि परिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसका महामन्त्रीहरुले भने निरन्तर अग्रता बढाइरहेका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पछाडि परेका छन् । उता, एमाले महासचिव पोखरेल भने दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग निरन्तर पछि परिरहेकी छन् । एमाले र माओवादीका महासचिवद्वय यसरी पछि पर्दा नेपाली कांग्रेस र राप्रपाका महामन्त्री भने प्रारम्भिक प्रतिस्पर्धामा अगाडि छन् । यसमध्ये कांग्रेस महामन्त्रीद्वय गगन थापा काठमाडौँ– ४ र महामन्त्री विश्वप्रकाश शर्माले सुरुदेखि नै अग्रता लिइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईमध्ये एक महामन्त्रीले पनि यो निर्वाचनमा निरन्तर अग्रता लिइरहेका छन् ।

एमालेको समर्थन प्राप्त गरेका महामन्त्री धबल शमशेर राणा बाँके– २ मा निरन्तर अग्रस्थानमा छन् । राप्रपाकी अर्की महामन्त्री कुन्तीकुमारी शाही दैलेख–१ मा निरन्तर पछि छिन्। त्यहाँ एकीकृत समाजवादीका अमरबहादुर थापाले अग्रता लिएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->