नवलपुर/ नवलपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेकी पद्मा जिसी बिजयी भएकी छन् । जिसीले माओबादी केन्द्रका सोम श्रीपालीलाई पराजित गरेकी हुन् । जिसीले १९ हजार ३ सय ८८ मत ल्याएँदा श्रीपालीले १४ हजार ७ सय ४३ मत पाए ।
त्यस्तै प्रदेशसभा ‘ख’मा पनि एमाले उमेद्वार बिजयी भएका छन् । नेकपा एसका गोपाल खनाललाई पराजीत गर्दै एमालेका लक्ष्मण पाण्डे बिजयी भएका हुन् । पाण्डेले १८ हजार ८ सय ६ मत पाउँदा खनालले १४ हजार ७ सय ६१ मत मात्रै पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





