बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकी प्रदेश : यस्तो छ हारजीतको तथ्यांक

गण्डकी प्रदेश : यस्तो छ हारजीतको तथ्यांक


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७९, बिहिबार

पोखरा/गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने केहीमा गणना जारी छ ।

कूल ११ जिल्लामा समेटिएको गण्डकीका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा अधिकांश स्थानमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नं १ मा मनबहादुर गुरुङको अग्रता छ । क्षेत्र नं २ र ३ मा एमालेका क्रमशः विद्या भट्टराई र दामोदर बैरागी निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को ‘क’ मा एमालेका खगराज अधिकारीको अग्रता छ भने ‘ख’ मा एमालेका बेदबहादुर गुरुङ निर्वाचित भए । निर्वाचन क्षेत्र नं २ को ‘क’ र ‘ख’ मा एमालेका भीम कार्की र कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भए । त्यस्तै निर्वाचन क्षेत्र नं ३ को ‘क’ मा कांग्रेसका प्रकाश बरालको अग्रता छ । प्रदेश ‘ख’ मा एमालेका गणेशमान गुरुङ विजयी भए ।

तनहुँको क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामचन्द्र पौडेल र शङ्कर भण्डारी विजयी भए । क्षेत्र नं १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः कांग्रेसका अशोक श्रेष्ठ र माओवादीका हरिबहादुर चुमान विजयी भए । क्षेत्र नं २ को ‘क’ मा एमालेका श्यामराजा महत र ‘ख’मा कांग्रेसका जितप्रकाश आले भए ।

बागलुङको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल विजयी भएका छन् । क्षेत्र नं १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र डिल्लीराम सुवेदी निर्वाचित भए । क्षेत्र नं २ को प्रदेशसभा ‘क’ र ‘ख’ मा कांग्रेसकै जित शेरचन र दोर्ण कुँवर विजयी भए ।

गोरखाको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः कांग्रेसका राजेन्द्र बजगाईं र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ विजयी भए । क्षेत्र नं १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः माओवादी केन्द्रका कृष्ण धिताल र कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भए क्षेत्र नं २ को ‘क’ र ‘ख’ मा क्रमशः नेपाल समाजवादीका फणिन्द्र देवकोटा र कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भए ।

नवलपुरको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभामा कांग्रेसका क्रमशः डा शशाङ्क कोइराला विजयी भए भने विष्णु कार्कीको अग्रता छ । क्षेत्र नं १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा क्रमशः कांग्रेसका महेन्द्रध्वज जिसी र एमालेका रोशनबहादुर गाहा विजयी भए । क्षेत्र नं २ को ‘क’ र ‘ख’ मा क्रमशः एमालेका पद्मा जिसी र लक्ष्मणबहादुर पाण्डे विजयी भए ।

लमजुङमा प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ, प्रदेशसभा ‘क’ मा कांग्रेसका टकराज गुरुङ र ‘ख’ मा भेषबहादुर पौडेल विजयी भए । यस्तै पर्वतको प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी, प्रदेशसभा ‘क’ र ‘ख’ मा एमालेका भक्त कुँवर र मित्रलाल बस्याल विजयी भए ।

हिमालपारीको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन, प्रदेशसभा ‘क’ र ‘ख’ कांग्रेसका नम्डु गुरुङ र विकल शेरचन विजयी भए ।

मनाङमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ, प्रदेशसभा ‘क’ मा कांग्रेसका मुनिन्द्रजङग गुरुङ र ‘ख’ मा यसअघि नै राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए । यस्तै म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा ‘क’ मा माओवादीका हरि भण्डारी र ‘ख’ मा रेशमबहादुर जुग्जाली निर्वाचित भए ।

स्याङ्जाको निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका राजु थापाको अग्रता छ । प्रदेशसभा ‘क’ मा एमालेकी सीता सुन्दास विजयी भईन्भने ‘ख’ मा कांग्रेसका बुद्धिबहादुर राना (कुमार)को अग्रता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->