बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फेरि अस्थिरताको जग बस्यो : राजमो अध्यक्ष केसी

फेरि अस्थिरताको जग बस्यो : राजमो अध्यक्ष केसी

निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७९, शनिबार

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ का नवनिर्वाचित सांसद चित्रबहादुर केसीले निर्वाचन परिणामले अस्थिरतको जग बसालेको बताएका छन् । गत मंसिर चार गते सम्पन्न निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउनुपर्नेमा त्यसो नहुँदा संघीय संसद खिचडी बन्ने उनको भनाइ थियो ।

‘संसद खिचडी हुँदा सरकार स्थिर हुँदैन्, अस्थिरताले देशको विकासमा बाधा पु¥याउँछ’, केसीले भने ‘दलहरु परिपक्क नभएका कारण देशमा लोकतन्त्रले जरो गाड्न अझै पाएन् ।’ दलहरुले जनता र राष्ट्रको स्वार्थभन्दा व्यक्तिगत, पार्टीगत र गुटगत स्वार्थ हेर्ने गरेका कारण अहिलेको परिणाम आएको केसीको टिप्पणी थियो । उनले दलहरु जनताप्रति उत्तरदायी नबन्ने बेलासम्म लोकतन्त्र सधैं धरापमै रहने बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले जितेर जानेहरुको स्वार्थका कारण अहिले जनतामा वितृष्णा देखिएको बताए ।

‘यहाँ जनताले बुझेनन्, सबै काम सांसदले गर्ने हो भनेर प्रचार गरियो, तर सांसदको काम विकास गर्ने होईन, विधि बनाउने हो’, केसीले भने ‘जबसम्म जनताले दलका कार्यक्रम र नीति हेरेर मत दिँदैनन् तबसम्म जनतासँग दल तथा नेताहरु डराउँदैनन्, यो कुरा जनताले बुझ्न जरुरी छ ।’

बागलुङ क्षेत्र नं. १ ‘क’बाट निर्वाचित प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले निस्वार्थ भएर पाँच बर्ष जनताको काम गर्ने बताए । जनचाहना अनुसार काम नगरे पाँच वर्षपछि जनताले परिवर्तन गरिदिने भएकाले जनचाहना पुरा गर्न लागिरहने बताए । ‘फलेको डाली नुघेकै हुनुपर्छ, नत्र फलमा रस छैन् भन्ने अर्थ लाग्छ’, थापाले भने ‘यो पालि रसिलो फल फलेको छ डाली नुग्छ ।’

बागलुङ क्षेत्र नं. १ ‘ख’बाट निवाचित प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बागलुङ जिल्लाको सन्दर्भमा देशभरीबाट आउने प्रश्नको जवाफ दिनेगरी शान्तिपूर्ण हिसाबमा चुनाव सम्पन्न भएको बताए । निर्वाचनमा मतदाताको सहभागिता घटेकोप्रति चिन्ता व्यक्त गर्दै सुवेदीले त्यसको खोजी र कमजोरीहरु सच्याउनुपर्ने बेला आएको बताए ।

निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचित सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक कार्यक्रमको आयोजना औपचारिक घोषणासँगै प्रमाणपत्र वितरण गरिएको हो ।

बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, प्रदेसभा ‘क’ र ‘ख’बाट निर्वाचित क्रमश दिपेन्द्र बहादुर थापा र डिल्लीराम सुवेदीलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले उनीहरुलाई खादा, माला लगाएर प्रमाणपत्र हस्तान्त्रण गरेका थिए । साथै, निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा सहयोग गरेको भन्दै जिल्लामा रहेका सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन कार्यालयका प्रमुखलाई सम्मान गरेको थियो ।

प्रमाणपत्र बितरण गर्दै भट्टले राष्ट्र हितका लागि खट्न निर्वाचित सांसदहरुलाई आग्रह गरेका थिए । उनले शान्तिपूर्ण निर्वाचन बनाउन सहयोग गरेको भन्दै सबै बागलुङबासीलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->