सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अष्ट्रेलियाको संघर्षपूर्ण जित

अष्ट्रेलियाको संघर्षपूर्ण जित

फिफा विश्वकप कतार २०२२


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७९, शनिबार

पोखरा/ शनिबार भएको समूह डी अन्तरगतको खेलमा अष्टे«लियाले ट्युनिसियामाथि १–० को संघर्षपूर्ण जित निकालेको छ ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा भएको गोलनै निर्णाय बन्न पुग्यो । अष्टे«लियाका लागि खेलको २३ औं मिनेटमा मिट्चेल डुकेले ब्याक हेड गोल गरे ।

४० औं मिनेटमा थ्रोइनबाट आएको बललाई नियन्त्रणमा लिदैँ इस्साम जेवलीको पासमा मोहम्मद ड्रागेरको प्रहार बाहिरिदा ट्युनिसिया बराबरीबाट चुक्यो ।

पहिलो हाफमा थप गरिएको समयमा ट्युनिसियाले बराबरी गर्ने अर्को सुवर्ण अवसर खेर फाल्यो ।

युसेफ मसाकिनले पेनाल्टि क्षेत्रबाट गरेको प्रहारमा अष्टे«लियाका डिफेन्डर बाधक बने ।
७१ औं मिनेटमा अष्ट्रलियाले अग्रता दोब्बर बनाउनबाट चुक्यो ।

जामे माक्र्लेनले उत्कृष्ट पास निकालिदिएपनि माथ्वे एल्लान लेस्कीले भेट्न सकेनन् । लगत्तै ७३ औं मिनेटमा ट्युनिसियाका मास्किनको प्रहारमा गोलरक्षक माथ्वे डेभिड र्यान बाधक बने ।

जितसँगै अष्टे«लियाको दुई खेलबाट ३ अंक सहित अर्को चरणमा प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । सोही समूहमा रहेको फ्रान्स र डेनमार्कबीच आजै खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->