बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मोटरसाइकल दुर्घटना हुँदा तनहुँमा युवकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा तनहुँमा युवकको मृत्यु


  • ढोरपाटन संवाददात
  • मंसिर १० २०७९, शनिबार

तनहुँ / तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षि सुनिल दरैको मृत्यु भएको हो ।

जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा उनको मृत्यु भएको हो ।

दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगङ्गा अस्पताल बेलचौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मोटरसाइकलमा सवार सोही वडाका २१ वर्षीय खुमबहादुर राना र २१ वर्षीय रामबहादुर कुमाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गरी घर फर्किएका प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->