पोखरा/ फिफा विश्वकप कतार २०२२ मा एसियन राष्ट्र जापानले दोस्रो खेलमा हार व्यहोरेको छ ।
आइतबार भएको खेलमा जापान कोस्टारिकासाग १–० ले स्तब्ध भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको अन्त्यतिर कोस्टारिकाले गोल गर्दै अग्रता लिएको ।
खेलको ८१ औं मिनेटमा जापानका डिफन्डरले गल्ति गर्नपुग्दा हार व्यहोर्ने बाध्य भएको हो ।
जापानका डिफेन्डरको गल्तिको फाइदा उठाउँदै फुल्लेरले उत्कृष्ट गोल गरे ।
उनको प्रहारलाई जापानका गोलरक्षक ले बचाउ गर्ने प्रयास गरेपनि असमर्थ रहे । समूह इ मा रहेको जापानको २ खेलबाट ३ अंक रहेको छ । यस अघि जापानले जर्मनीलाई २–१ गोलअन्तरले हराएको थियो ।
सोही समूहमा रहेको स्पेनको ३ तथा कोस्टारिकाको ३ अंक रहेको छ । जर्मनी अंकविहिन छ । समूह अन्तरगत आज राति १२ः४५ बजे स्पेन र जर्मनीबीच खेल हुँदैछ ।





