बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चुनाव जीतेपछि पनि घरदैलो

चुनाव जीतेपछि पनि घरदैलो

चुनावी प्रचारका लागि मात्र हैन, धन्यवाद ज्ञापनको लागि पनि पाका चित्रबहादुर निर्वाचन क्षेत्रका घरघरमा पुग्दैछन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७९, सोमबार

बागलुङ/ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि ३७ वटा वडा रहेको बागलुङ क्षेत्र नं. १ मा सबै वडामा उम्मेदवार पुग्न सक्लान र ? भनेर गठबन्धनभित्रै आशंका थियो । गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उमेरले सबैलाई सशंकित बनाएको थियो । तर ८० वर्ष नाघेका केसी चुनावी प्रचारका लागि वडामा मात्रै होइन, निर्वाचन क्षेत्रका घरघरमा पुगे ।

साधारण जीवनशैली, खानपान र भोक निद्राको निकै ख्याल गर्ने केसीलाई उमेरको बन्देज लागेन । फुर्तिलो शरीर भएकाले गठबन्धनका प्रदेशसभाका युवा उम्मेदवारहरुकै गतिमा घरदैलोमा पुगेको केसी बताउँछन् । निर्वाचन जितेपछि बागलुङ बजारमा पञ्चेबाजामा उनले गरेको नृत्यले उनमा भएको उर्जाको थप उजागर ग¥यो ।

एक महिनाको अबधिमा ३७ वटा वडाको घरघर चहारेका केसी निर्वाचन जितेपछि फेरी त्यहि अभियानमा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जितको घोषणा गरेकै दिनदेखि केसीलगायत गठबन्धनबाट प्रदेशसभामा विजयी सांसदहरुले घरदैलो थालेका छन् ।

‘हिजो हामी मत माग्नका लागि जनताको घरदैलोमा पुग्यौं, उहाँहरुको अमुल्य मतले हाम्रा उमेद्वार माननीय बन्न पाउनुभएको हो’, राष्ट्रिय जनमोर्चाका नेता तिलक थापाले भने ‘जनताको मतको सम्मान गर्दै हामी धन्यवाद दिन फेरि घरदैलो गर्दैछौं ।’

बागलुङ बजारमा विजय ¥यालीसहित सुरु भएको धन्यवाद ज्ञापन कार्यक्रम मंसिर १२ गतेसम्म चल्ने थापाले बताए । हरेक वडाको टोल टोलमा पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले बनाएको छ ।

‘हामी चुनाव जितेर सरासर काठमाडांै गयौं भने जनताले चित्त दुखाउनुहुन्छ, पहिला जनताको घरदैलोमै जान्छौं, त्यसपछि काठमाडांै’ नवनिर्वाचित प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले भने ‘निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न जिम्मेबार छौं ।’ पाँच दलका नेताहरु धन्यवाद ज्ञापन कार्यक्रममा सँगै रहने थापाले बताए ।

देशभरको समानुपातिकसहितको अन्तिम निर्वाचन परिणाम नआउने बेलासम्म सपथ नहुने भएकाले विजयी सांसदहरु पुनः घरदैलोमा लागेका हुन ।

बागलुङमा उपविजेता बनेका नेकपा एमालेका उमेद्वारहरुले पनि धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान सञ्चालन गर्ने भएका छन् । बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘क’मा धन्यवाद ज्ञापन कार्यक्रम सुरु भइसकेको नेकपा एमाले जिल्ला किमिट बागलुङका कार्यालय सचिव अमर थापाले बताए । जिल्लाका दुई प्रतिनिधिसभा र एक प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेले धन्यवाद अभियान सञ्चालन गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->