पोखरा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागीलाई धन्यवाद व्यक्त गरेको छ ।
एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्कीका संयोजक तेजनारायण अधिकारीले सोमवार एक विज्ञप्ति जारी कस्केली मतदाता, पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरुलाई हार्दिक आभारसहित धन्यवाद दिएका हुन् ।
कस्केली मतदाताहरुको अपार माया, ममता र विश्वास नेकपा (एमाले) प्रति रहेकै कारण प्रतिनिधि सभाको तीनवटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा पार्टीले लोकप्रिय मत प्राप्त गरेको अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘कास्की जिल्लामा नेकपा (एमाले) पहिलो पार्टी बन्न पुगेको छ । विज्ञप्तीमा भनिएको छ–‘कस्केली जनताको माया, ममता र मतदाताहरुको पूर्ण विश्वास नेकपा (एमाले) प्रति रहेको पुन प्रमाणित भएको छ ।’
निर्वाचनको प्राप्त परिणाम अनुसार कास्की जिल्लामा प्रतिनिधि सभामा क्षेत्र नम्वर १ बाट मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर पौडेल ‘बैरागी’, साथै प्रदेश सभामा क्षेत्र नम्वर १ (१) बाट खगराज अधिकारी, १(२) बाट बेदबहादुर गुरुङ ‘श्याम’, क्षेत्र नम्वर २(१) बाट भिम बहादुर कार्की र क्षेत्र नम्वर ३(१) बाट गणेशमान गुरुङ अत्यधिक मतले विजयी भएका भएका छन् ।





