पोखरा / फिफा विश्वकप कतार २०२२ मा समूह सी अन्तरगत समूह सी को अंक तालिका निकै रोमाञ्चक बनेको छ ।
उक्त समूहमा लिग चरणका अन्तिम खेलहरु बाकिँ रहँदा अर्जेन्टिना, पोल्याण्ड र साउदी अरबियालाई जित्नै पर्ने दबाब रहेको छ ।
सोही समूहमा रहेको मेक्सिको भने बाहिरिसके छ । आज राति १२ः ४५ बजे अर्जेन्टिनाले पोल्याण्डको तथा साउदीले मेक्सिकोको सामना गर्दैछ ।
अर्जेन्टिना र साउदी अरबियालाई जित्नै पर्ने दबाब छ । भने पोल्याण्डले बराबरी खेलेको अवस्थामा नकआउट चरणमा प्रवेश पाउनेछ ।
२ खेलमा १ जित १ बराबरी खेलेको पोल्याण्डको ४ अंक रहेको छ । पोल्याण्डलाई समूह विजेता बन्न जित्नै पर्नेछ ।

भने नकआउट चरणमा पुग्न अर्जेन्टिनालाई जित्नै पर्ने दबाब रहेको छ । अर्जेन्टिनाको २ खेलमा १ जित १ हार सहित ३ अंक रहेको छ ।
यी दुई राष्ट्रको खेल बराबरीमा रोकिएमा साउदी र मेक्सिकोको खेल निर्णायक बन्ने छ । साउदीले मेक्सिकोलाई जितेको खण्डमा अर्जेन्टिना बाहिरिने छ ।
तर साउदीले हारेमा अर्जेन्टिनाको भाग्य खुल्ने छ भने बराबरीमा खेलेको अवस्थामा गोल अन्तरमा टुंगो लाग्नेछ ।
हालसम्म गोल अन्तरमा साउदीभन्दा अर्जेन्टिना अघि रहेको छ । साउदीको २ खेलबाट १ जित र १ हार सहित ३ अंक रहेको छ । मेक्सिको २ खेलबाट अंक विहिन हुँदै बाहिरिएको छ ।





