पोखरा/ फिफा विश्वकप कतार २०२२ अन्तरगत केही घण्टामा बेल्जियम र क्रोएशिया लिगचरण अन्तरगत आफ्नो अन्तिम खेल खेल्दैछन् ।
सूमह एफ मा रहेका यी दुई टिम मध्ये बेल्जियमलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । उता क्रोयशियालाई पनि हार्नु उचित हुने छैन् ।
समूहमा २ खेल खेलेको क्रोयशियाको १ जित र १ बराबरी सहित ४ अंक रहँदा बेल्जियमको १ जित र १ हार सहित ३ अंक रहेको छ ।
फिफा रेन्किङको दोस्रो नम्बरमा रहेको बेल्जियमले अन्तिम १६ मा पुग्न जित्नै पर्ने दबाब रहँदा क्रोयशियाले भने बराबरीमै रोकेपनि अर्को चरणमा जान्छ ।
यहि समूहको अर्को खेलपनि एकै समयमा हुँदैछ । मोरोक्को र क्यानडाबीच । क्रोयशिया २ खेलमा १ जित १ बराबरी ४ अंक, मोरोक्को २ खेलमा १ जित १ बराबरी ४, बेल्जियम २ खेलमा १ जित १ हार ३ र क्यानडा २ खेलमा २ हार सहित नकआउट चरणबाटै बाहिरिइसकेको अवस्था छ ।





