सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

२१ वर्षपछि जापान र स्पेन भिड्दै

२१ वर्षपछि जापान र स्पेन भिड्दै

फिफा विश्वकप कतार २०२२


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७९, बिहिबार

पोखरा / एशियन राष्ट्र जापान र युरोप राष्ट्र स्पेन २१ वर्षपछि एक अर्कासँग भिड्दैछन् ।

फिफा विश्वकप २०२२ अन्तरगत समूह ई मा यि दुई टोलीले लिगचरणको आफ्नो अन्तिम खेल खेल्दैछन् ।

सन् २००१ मा यी दुई राष्ट्रले मैत्रीपूर्ण खेल खेलेका थिए । त्यो खेलमा स्पेन १–० ले विजयी भएको थियो ।

उक्त मैत्रीपूर्णपछि भेट नभएको यी दुई राष्ट्र अहिले विश्वकपमा भेट भएका छन् ।
प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नका लागि जापानलाई जित्नै पर्नेछ भने स्पेनले बराबरी खेलको अवस्थामा सहजै पार गर्नेछ ।

यो खेल राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा जर्मनीले कोस्टा रिकासँग खेल्नेछ । यो समूहबाट दुई पुर्व विजेता स्पेन र जर्मनीले सहजै समूह चरण पार गर्ने अनुमान गरिएपनि त्यसको विपरित सबै चारै टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना छ ।

पहिलो खेलमै जर्मनीलाई स्तब्ध पारेको जापान आफ्नो अन्तिम खेलमा स्पेनमाथि अर्काे चमत्कारीपूर्ण जित निकाल्दै समूह चरण पार गर्ने लक्ष्यमा हुनेछ ।

तर, बलियो स्पेनमाथि जित निकाल्न जापानलाई सहज पक्कै छैन् । स्पेनसँग पराजित भएमा जापानले अर्काे खेलको नतिजा कुर्नुपर्नेछ ।

उता स्पेनले हारेको खण्डमा भने अर्को खेलको नतिजा पर्खिनुपर्ने हुन्छ । कोस्टा रिकाले जर्मनीलाई हराएको स्थितिमा स्पेन बाहिरिनेछ ।

यस समूहमा स्पेन ४ अंक जोडेर शीर्षस्थानमा छ । जापान र कोस्टा रिकाको समान ३ अंक छ । जर्मनी १ अंक जोडेर पुछारमा छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->