बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा जीप दुर्घटना, मानवीय क्षति भएको अनुमान, पुष्टि हुन बाँकी

नवलपुरमा जीप दुर्घटना, मानवीय क्षति भएको अनुमान, पुष्टि हुन बाँकी


  • खगेन्द्र पराजुली
  • मंसिर १५ २०७९, बिहिबार
दुर्घटनास्थलमा घाइतेको उद्धार गरिंदाको तस्वीर ।

नवलपुर, १५ मंसिर– नवलपुरको पहाडी सडकखण्ड धौवादीमा जीप दुर्घटना भएको छ । आज अपरान्ह ५ बजेतिर दलदलेबाट डेडगाउँतर्फ जाँदै गरेको जीप धौवादी र राइकोटको बीचमा पर्ने कान्छीपानी भन्ने ठाउँमा दुर्घटना हुँदा २ जना गम्भीर घाईते भएका छन् भने २ जना भीरमै हराएका छन् ।
००१ ज ००६ नम्वरको डवल क्याविनको बोलेरो जीप सडकबाट करीव ४–५ सय फिट तल भीरमा खसेको अनुमान छ । जीपमा १० जना रहेको अनुमान छ ।
धौवादीको रुद्रपुरगढीमा रहेको प्रहरीको टोली घटनास्थलमा पुगेको र स्थानीयको सहयोगमा उदारको प्रयासमा लागेका छन् भने सदरमुकाम कावासोती र डेडगाउँबाट समेत थप प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी भुवनेश्वर तिवारीले जनाएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->