बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मतदातालाई धन्यवाद दिन एमाले उम्मेदवार घरदैलोमा

मतदातालाई धन्यवाद दिन एमाले उम्मेदवार घरदैलोमा


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०७९, शुक्रबार

बागलुङ/ नेकपा एमालेका उम्मेदवार चुनावपछि गाउँ–गाउँमा पुगेर मतदातालाई धन्यवाद दिन व्यस्त छन् ।

चुनवाको समयमा मात्रै गाउँ आउने मतदाताको गुनासोपछि विजयी उम्मेदवारहरु गाउँमा धन्यवाद दिन पुगेको सन्र्दभमा बागलुङमा भने चुनावमा पराजित उम्मेदवारहरु मतदातालाई धन्यवाद दिन गाउँ छिरेका हुन् ।

बागलुङमा पछिल्लो समय असल राजनीतिक संस्कार देखिन थालेको छ । उम्मेदवार बीचको हार्दिकता, विजयी र पराजय उम्मेदवारबीच बधाई साटासाटदेखि पराजय भएका उम्मेदवार मतदातालाई धन्यवाद दिन गाउँ पुग्नुले असल राजनैतिक संस्कार दैखिदै आएको छ ।

बागलुङ निर्वाचन क्षेत्र नं. १ का एमालेका उम्मेदवार तथा केन्द्रिय सदस्य डा. सुर्य प्रसाद पाठक र बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी निर्वाचनपछि मतदाताहरुको घर–घरमा पुगेका छन् ।

केही अंकगणितमा चुनावी परिणामा आफ्नो पक्षमा नआएपनि लोकप्रिय मतका लागि जनतालाई धन्यवाद दिन कार्यतालिका बनाएर मतदाता भेट्न गाउँ–गाउँमा पुगेको एमाले अध्यक्ष हिरा बहादुर केसीले बताए । ‘पाँच दलीय गठबन्धका बीच समेत प्रतिस्पर्धाका लागि जनताले लोकप्रिय मत दिएका छन्, निर्वाचन परिणामलाई स्विकादै मतदाताको बीचमा घरदैलो अभियान शुरु गरेका छौं’ केसीले भने ‘संभव भएसम्म सबै वडामा पुग्ने लक्ष्य छ ।’

नेकपा एमालेबाट बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार तथा निवर्तमान संघीय सांसद डा. सुर्य पाठकले स्वभाविक रुपमा निर्वाचनको परिणाम आइसकेपछि जनताको घरदैलोमा धन्यवाद दिदै हिँडेको बताए । डा. पाठकले जनताले चुनावमा मात्रै मत माग्न आउने भन्ने ज्यादा गुनासो पश्चात चुनावपछि जनताको घरदैलोमा पुगेको बताए ।

‘जनताको गुनासो आफ्ना प्रतिनिधि घरदैलोमा आउन भन्ने छ, निर्वाचनको समयमा जसरी जनताको बीचमा मत माग्न पुग्यौ त्यसैगरी मतदातालाई धन्यवाद दिन अहिले घरदैलोमा छौं’ डा. पाठकले भने ‘राजनीतिमा एउटा संस्कार ल्याउन आवश्यक छ, अब एकले अर्कालाई गाली गरेर नभएर विकासका एजेण्डा लिएर निर्वाचनमा जानु पर्दछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->