शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

गोल्डेन बुटको दौडमा ५ स्टार: रोनाल्डो, मेस्सी र नेयमार छैनन्

गोल्डेन बुटको दौडमा ५ स्टार: रोनाल्डो, मेस्सी र नेयमार छैनन्


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७९, शनिबार

काठमाडौं / विश्वकप फुटबलमा आजदेखि समूह चरणका सबै खेल सकिएका छन्। समूह चरणमा ३२ टोलीले ३र३ खेल खेले। १६ वटा टोली बाहिरिँदा १६ वटा टोली नकआउटमा पुगेका छन्।

नेदरल्याण्ड, अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, जापान, क्रोएसिया, ब्राजिल र दक्षिण कोरिया नकआउटमा पुगेका छन्। यस्तै इङ्ल्याण्ड, सेनेगल, फ्रान्स, पोल्याण्ड, मोरक्को, स्पेन, पोर्चुगल र स्विटजरल्याण्डले अन्तिम १६ मा स्थान बनाएका छन्।

विश्वकपका ६४ मध्ये ४८ खेल सकिँदा गोल्डेन बुटको दौडमा ५ स्ट्राइकर देखिएका छन्। तर ती मध्ये पनि इक्वेडरका इनर भ्यालेन्सिया विश्वकपको समूह चरणबाटै बाहिरिसकेका छन्। उनको अब गोल थप हुने सम्भावना छैन।

समूह चरणका तीन तीन खेल खेल्दा ५ खेलाडीले समान ३ गोल गरेका छन्। स्पेनका अल्भारो मोराटा, नेदरल्याण्ड्सका कोडी गोक्पो, इक्वेडरका इनर भ्यालेन्सिया, फ्रान्सका केलियन एमबाप्पे र इङ्ल्याण्डका मार्कुस रासपोर्ड छन्।

मोराटा, गोक्पो, एमबाप्पे र रासफोर्डले थप गोल गरे गोल्डेन बुटको रेसमा अगाडी हुनेछन्। यसपटक पनि गोल्डेन बुटको दौडमा स्टार खेलाडीहरु अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रानाल्डो र ब्राजिलका नेयमार जुनियर भने पछि परेका छन्।

मेस्सीले समूहका खेलमा दुई गोल गरेका छन्। रोनाल्डोको नाममा १ गोल छ। तर चोटका कारण एक खेल मात्रै खेलेका नेयमारले भने गोलको खाता खोल्नै सकेका छैनन्। तर यी तीन वटै टोलीले नकआउटमा स्थान बनाइसकेका छन्।

नकआउटमा पुग्ने टोलीका खेलाडीले अझै गोल गर्न सक्ने र गोल्डेन बुटको रेस तलमाथि हुन सक्ने भएपनि अहिलेसम्म भने यी ५ स्टार अगाडी देखिएका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->