सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नकआउट चरण समीकरण पूरा, कुन टिमले कोसँग खेल्दैछन् ? (तालिकासहित)

नकआउट चरण समीकरण पूरा, कुन टिमले कोसँग खेल्दैछन् ? (तालिकासहित)


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७९, शनिबार

काठमाडौं / कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको हो ।

सर्बियालाई ३(२ ले हराउँदै समूह उपविजेता बनेको स्वीटजरल्याण्ड अन्तिम १६ मा पुग्ने अन्तिम टोली बन्‍यो । ब्राजिल समूह जी को विजेता तथा स्वीजरलयाण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

२२औं संस्करणको विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर खेलाइएको थियो । हरेक समूहमा ४-४ टिम थिए । समूह चरणको ४८ खेलपछि १६ टिम अन्तिम १६ मा प्रवेश गर्दा १६ टिमको चुनौती भने समाप्त भएको छ । हरेक समूहको समूह विजेता र समूह उपविजेता अन्तिम १६ मा पुगेका हुन् ।

यसपटक समूह चरणका खेलहरु रोमाञ्चक रहे । जहाँ केही अप्रत्याशित टीम पनि आए । उपाधि दाबेदार मानिएको पूर्व च्याम्पियन जर्मनीदेखि स्वर्णिम पुस्ताको बेल्जियम समूह चरणबाटै बाहिरिए । यस्तै उरुग्वे, मेक्सिको, डेनमार्कले पनि समूह चरण पार गर्न सकेनन् ।

यता, जापान र मोरोक्को उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बने । एसियाबाट पहिलो पटक तीन टिम विश्वकपको नकआउट चरणमा पुग्‍यो ।

अब नकआउट चरणमा फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट चरणमा युरोपियन टिमकै वर्चस्व छ ।

युरोपबाट सर्वाधिक ८ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा एसियाबाट ३, दक्षिण अमेरिका र अफ्रिकाबाट २-२ दुई तथा उत्तर अमेरिकाबाट एक टिम छन् ।

समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल, समूह बी बाट इंग्ल्याण्ड र अमेरिका, समूह सी बाट अर्जेन्टिना र पोल्याण्ड, समूह डी बाट फ्रान्स र अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।

अन्तिम १६ का खेलहरु कहिले कुन समयमा हुन्छ ?

मंसिर १७ गते शनिबार

४९। समूह ‘ए’ को विजेता भर्सेस समूह ‘बी’ को उपविजेता राति ८.४५ बजे नेदरल्याण्ड्स विरुद्ध अमेरिका

५०। समूह ‘सी’ को विजेता भर्सेस समूह ‘डी’ को उपविजेता राति १२.४५ बजे अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया

मंसिर १८ गते आइतबार

५१। समूह ‘बी’ को विजेता भर्सेस समूह ‘ए’ को उपविजेता राति १२.४५ बजे इंग्ल्याण्ड भर्सेस सेनेगल

५२। समूह ‘डी’ को विजेता भर्सेस समूह ‘सी’ को उपविजेता राति ८.४५ बजे फ्रान्स भर्सेस पोल्याण्ड

मंसिर १९ गते सोमबार

५३। समूह ‘ई’ को विजेता भर्सेस समूह ‘एफ’ को उपविजेता राति ८.४५ बजे जापान भर्सेस क्रोएसिया

५४। समूह ‘जी’ को विजेता भर्सेस समूह ‘एच’ को उपविजेता राति १२.४५ बजे ब्राजिल भर्सेस दक्षिण कोरिया

मंसिर २० गते मंगलबार

५५। समूह ‘एफ’ को विजेता भर्सेस समूह ‘ई’ को उपविजेता राति ८.४५ बजे मोरक्को भर्सेस स्पेन

५६। समूह ‘एच’ को विजेता भर्सेस समूह ‘जी’ को उपविजेता ९राति १२.४५ बजे पोर्चुगल भर्सेस स्वीटजरल्याण्ड

क्वाटरफाइनल

मंसिर २३ गते शुक्रबार

५७। खेल नम्वर ४९ को विजेता भर्सेस खेल नम्वर ५० को विजेता राति १२.४५ बजे

५८। खेल नम्वर ५३ को विजेता भर्सेस खेल नम्वर ५४ को विजेता राति ८.४५ बजे

मंसिर २४ गते शनिबार

५९। खेल नम्वर ५१ को विजेता भर्सेस खेल नम्वर ५२ को विजेता राति १२.४५ बजे

६०। खेल नम्वर ५५ को विजेता भर्सेस खेल नम्वर ५६ को विजेता राति ८.४५ बजे

सेमिफाइनल

मंसिर २७ गते मंगलबार

६१। खेल नम्वर ५७ को विजेता भर्सेस खेल नम्वर ५८ को विजेता राति १२.४५ बजे

मंसिर २८ गते बुधबार

६२। खेल नम्वर ५९ को विजेता भर्सेस खेल नम्वर ६० को विजेता राति १२.४५ बजे

तेस्रो स्थान

पुस २ गते शनिबार

६३। पहिलो सेमिफाईनल उपविजेता भर्सेस दोस्रो सेमिफाईनल उपविजेता राति ८.४५ बजे

फाइनल

पुस ३ गते आइतबार

६४। पहिलो सेमिफाईनल विजेता भर्सेस दोस्रो सेमिफाईनल विजेता राति ८.४५ बजे

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->