सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पहिलो हाफमा नेदरल्याण्डको अग्रता

पहिलो हाफमा नेदरल्याण्डको अग्रता


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७९, शनिबार

पोखरा/ फिफा विश्वकप कतार २०२२ अन्तर्गत प्रिक्वाटरफाइनल खेलको पहिलो हाफमा नेदरल्याण्डले अग्रता लिएको छ ।

नेदरल्यान्ड्सले अमेरिकाविरुद्ध २—० को अग्रता लिएको छ । पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि अमेरिकी टोली आक्रमण बुन्न भने सकेन ।

खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । डिपाएले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक म्याट टर्नरले बचाउने अवसर नै पाएनन् ।

अमेरिकाले जारी विश्वकपमा ओपन प्लेबाट खाएको यो पहिलो गोल हो । ४२ औं मिनेटमा अमेरिकी फरवार्ड टिम वेहको शक्तिशाली प्रहारलाई गोलरक्षक एन्द्रिज नोपेर्टले विफल पारे ।

क्लिअर हुन नसकेको बलमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट अचानक गरेको प्रहार नोपेर्टले बचाएका थिए । लगत्तै सर्जिनो डेस्ट बल लिएर पेनाल्टी क्षेत्र भित्रसम्म पुगेपनि उनले अन्तिम प्रहार गर्न भने पाएनन् ।

तर इन्ज्युरी समयमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोलीलाई २–० ले अघि बढाए । पुनः एकपटक दायाँ विंगबाट डम्फ्रिजको क्रसमा ब्लिन्डले पहिलो टचमै गरेको प्रहार दुई डिफेन्डरको बीचबाट गोल भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->