सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जिरुडको कीर्तिमानी गोलमा फ्रान्सलाई पहिलो हाफमा अग्रता

जिरुडको कीर्तिमानी गोलमा फ्रान्सलाई पहिलो हाफमा अग्रता


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७९, आइतबार

पोखरा/  फिफा विश्वकप कतार २०२२ अन्तर्गत प्रिक्वाटरफाइनलको तेस्रो खेलमा फ्रान्सले पहिलो हाफमा अग्रता लिएको छ ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको अन्त्य तिर फ्रान्सका ओलिभिएर जोनेथान जिरुडले कीर्तिमानी गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

जिरुड ५२ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका लागि सर्वाधिक गोलकर्ता पनि बन्दा पहिलो हाफमा १—० को अग्रता बनाउन सफल भएको हो ।

खेलको सुरुवाती समय फ्रान्सले लगातार आक्रमण बुनेपनि गोलरक्षक वोजसिएक सेचेज्नीले बल आफू पार हुन दिएनन् । २८ औं मिनेटमा फ्रान्सले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो ।

ओलिभिएर जिरुडले खाली पोस्ट हुँदा समेत गोल गर्न सकेनन् । ओस्मान डेम्बेलेले दायाँ विंगबाट दिएको क्रसमा डिफेन्स लाइन र गोलरक्षक बिट भएका थिए । तर अनमार्क रहेका जिरुडले फार पोस्टमा बललाई खाली पोस्टको दिशा दिन सकेनन् ।

३५ औं मिनेटमा पोल्यान्डको लगातार तीन आक्रमणलाई फ्रान्सका गोलरक्षक ह्युगो लोरिस र डिफेन्डरहरुले ६ यार्ड बक्सबाट रोके । बायाँ विंगबाट सुरु भएको आक्रमणपछि पेनाल्टी क्षेत्र भित्र पोल्यान्डले तीन पटक रिबाउन्डमा प्रहार गर्न पाउँदा पनि फ्रान्सविरुद्ध अग्रता लिन सकेन ।

पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जिरुडले गोल गरे । किलीयन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->