बागलुङ/ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)जिल्ला शाखा बागलुङको अध्यक्षमा सुदिप राजभण्डारी चयन भएका छन् । आईतबार सम्पन्न चौथो जिल्ला अधिबेशनले राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्यान बागलुङको उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा देवि प्रसाद आचार्य, कोषाध्यक्षमा बिकास श्रेष्ठ र सह–सचिवमा अनन्त बिजय श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा बिमला शर्मा पौडेल, दया शर्मा, युवराज कँडेल, अबिनाश शर्मा चयन भएका छन् ।
सातौं साधारणसभा तथा चौथो अधिबेशनको उद्घाटन गर्दै क्यान केन्द्रिय सदस्य कुमार पौडेलले व्यवसायीक वातावरण नरहेको वर्तमान परिस्थितीसँग जुध्ने नयाँ नेतृत्व क्यान बागलुङले पाएको बताए । पौडेलले क्यानले कम्प्युटर बजारमा नायाँ नयाँ आयामहरु ल्याईरहेको दावी समेत गरे ।





