
पोखरा/ फिफा विश्वकप कतार २०२२ अन्तर्गत प्रिक्वाटरफाइनलको पाँचौं खेलमा एसियन राष्ट्र जापानले पहिलो हाफमा अग्रता लिएको छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा क्रोयशियाले जापानमाथि दबाब सिर्जना गरेपनि पाएको अवसरको सदुपयोग गर्न सकेन ।
काउन्टर अट्याकको खोजिमा रहेको जापानले पहिलो हाफको अन्त्य तिर गोल गर्दै अग्रता लिन सफल भएको हो ।
खेलको ४३ औं मिनेटमा जापानका दाईजेन मेडाले उत्कृष्ट गोल गरे ।





