पोखरा/ क्रोयशियाका गोलरक्षक डोमिनिक लिभाकोभिक टाइब्रेकरमा चम्कदा फिफा विश्वकप कतार २०२२ को क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
अत्यन्तै प्रतिस्पर्धात्म कबनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समय १—१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा क्रोयशियाका गोलरक्षक लिभाकोभिकले ३ प्रहार बचाउ गर्दै टोलीलाई अन्तिम आठमा प्रवेश गराएका हुन् ।
जापानका मिनामिनोले दाया पोल तर्फ ताक्दै गरेको पहिलो प्रहारलाई लिभाकोभिकले सहजै बचाउ गरे । यस्तै दोस्रो प्रहारलाई समेत उनले बचाउ गरे । काउरु मितोमाको प्रहार समेत बचाउ गरे ।
यस्तै कप्तान योशिदाले दायाँ तर्फ गरेको प्रहारलाई समेत उनले सहजै बचाउ गर्दै टोलीलाई जित दिलाए । जापानका एशनोले गोल गरे ।
क्रोयशियाका भ्लासिक, ब्रोजोभिक र पासालिकले गोल गर्दा मार्को लिभाजाको प्रहार बारमा लाग्दै बाहिरियो ।
खेलको सुरुवातमा क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन । इभान पेरिसिचको प्रहार गोलरक्षक शुइची गोन्डाले बचाए ।
त्यसपछि जापानले बल पोसेसनमा रहँदा संयमित आक्रमण गर्दै क्रोएसियामाथि दबाब सिर्जना गरेको थियो । पहिलो हाफको एक मिनेट समय बाँकी रहँदा डेजन माएदाले गोल गर्दै जापानलाई अघि बढाए ।
जापानले छोटो कर्नर खेल्दै निर्माण गरेको मुभमा गोल गरेको हो । पेनाल्टी क्षेत्र भित्र लामो पास क्लिएर हुन नसक्दा माएदाले गोल गरे । दोस्रो हाफको ५५ औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो ।
इभान पेरिसिचले हेडरमार्फत गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए । डेजान लोभ्रेनको लामो पासमा उनको शक्तिशाली हेडर गोलरक्षक गोन्डाले डाइभ दिएपनि बलसम्म पुग्न सकेनन् ।
५७ औं मिनेटमा जापानको अग्रतामा गोलरक्षक डोमिनिक लिभाकोभिच बाधक बने । वातारु एन्डोले २५ यार्ड टाढाबाट गरेको प्रहार उनले मुस्किलले क्रसबार माथि पठाए । ६३ औं मिनेटमा गोन्डाले अर्कोतर्फ उत्कृष्ट बचाउ गरे ।
लुका मोड्रिचको भलीलाई उनले डाइभ दिँदै विफल पारे । अतिरिक्त समयको पहिलो हाफमा जापानको प्रयासमा लिभाकोभिच बाधक बने । उनले पेनाल्टी क्षेत्र बाहिरबाट काओरु मितोमाले गरेको शक्तिशाली प्रहारलाई विफल पारे ।





