सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्पेन र मोरक्को बीच पहिलो हाफ बराबरीमा

स्पेन र मोरक्को बीच पहिलो हाफ बराबरीमा


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७९, मंगलबार

पोखरा/ फिफा विश्वकप कतार २०२२ मा स्पेनले मोरक्कोसंग पहिलो हाफ गोलरहित बराबरी खेलेको छ ।

एजुकेशन सिटि फुटबल रंगशालमा भएको प्रिक्वाटरफाइनल खेल अन्तरगतको खेलमा स्पेनले बल नियन्त्रणमा आफ्नो दबदबा राखेपनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा बराबरीमै रोकिनु परेको हो ।

खेलको सुरुवातदेखी नै मोरक्को माथि स्पेन हाबी भयो । जारी विश्वकपमा फरक खेल देखाइरहेको स्पेनले उत्कृष्ट पासको प्रदर्शनीलाई जारी राखेपनि फिनिसिङमा भने त्यति राम्रो देखिएको छैन ।

मोरक्कोको पोष्ट पहिलो हाफमा निकै व्यस्त रह्यो । मोरक्कोलाई पहिलो हाफमा काउन्डर अट्याकको खोजी रहेपनि त्यो सम्भव रहेन ।
१२औं मिनेटमा अक्रफ हाकिमीको पेनाल्टी क्षेत्र बाहिरको फ्रिकिक सदुपयोग हुन सकेन ।

उनको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरिदा मोरक्को अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा मार्काे एसेन्सियोको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३३औं मिनेटमा माजराओईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक युनाई सिमोनले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । ४३औं मिनेटमा अचरप हाकिमीको क्रसमा सोफियन बोउफलको फ्लिक पासलाई एगुरेडको हेडर पोस्ट नजिकबाट बाहिरिदा मोरक्को अग्रता लिनबाट चुक्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->