पोखरा / प्रतिनिधिसभामा गण्डकी प्रदेशबाट समानुपातिकतर्फ ६ जना सांसद छनौट भएका छन् । विभिन्न राजनैतिक दलले गण्डकी प्रदेशका ६ जनालाई समानुपातिक कोटाबाट सांसदमा छनौट गरेका हुन् ।

नेकपा एमालेले देविप्रसाद भट्चन (बागलुङ) र एकनाथ ढकाल (गोरखा) २ जनालाई आफ्नो पार्टीको तर्फबाट समानुपातिक सांसदको रुपमा छनौट गरेर निर्वाचन आयोगलाई बुझाएको छ ।

त्यस्तै ,नेपाली कांग्रेसले जीवन परियार (कास्की), नेकपा माओवादी केन्द्रले हितराज पांण्डे (गोरखा) र राष्ट्रिय स्वतन्त्र पार्टीले डा.ढाकाकुमार श्रेष्ठ (कास्की) र शिब नेपाली (कास्की) लाई छनौट गरेको ती पार्टीले जनाएका छन् ।







