सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ऐतिहासिक जितसहित सेमिफाइनलमा मोरक्को

ऐतिहासिक जितसहित सेमिफाइनलमा मोरक्को


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७९, शनिबार

पोखरा / फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पार्दै मोरक्को सेमिफाइनलमा पुगेको छ।

यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। मोरक्कोलाई जित दिलाउने क्रममा खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गोल गरे। पोर्चुगलको तर्फबाट भने खेलमा कुनै गोल हुन सकेन। यससँगै मोरक्कोले नयाँ इतिहास रचेको हो।

यसअघि मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। समूह चरणको खेलमा पनि मोरक्कोले बलियो मानिएको बेल्जियमलाई पराजित गरेको थियो।

खेलको इन्ज्युरी समयमा मोरक्कोका वालिड चेडिरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि पोर्चुगलले यसको फाइदा भने उठाउन सकेन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->