बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

नयाँ पार्टीको उदयमा नेपाल विरोधी शक्तिको हात : एमाले महासचिव पोखरेल

नयाँ पार्टीको उदयमा नेपाल विरोधी शक्तिको हात : एमाले महासचिव पोखरेल


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७९, बुधबार

पोखरा/ नेकपा एमाले महासचिव शंकर पोखरेलले सहरीया मध्यम वर्गलाई राजनीतिबाट अलग गर्ने षड्यन्त्रका कारण नयाँ पार्टीहरु अस्तित्वमा आएको जिकिर गरेका छन् ।

उनले जनादेशसहित अस्तित्वमा आएका नयाँ पार्टीहरु नेपाल विरोधी शक्तिकै बलमा टिकेको आरोप पनि लगाए । मंगलबार पोखरामा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ दिँदै उनले राष्ट्रिय पार्टीहरुप्रति जनताको बढ्दो आकर्षणलाई ‘डाइभर्ट’ गर्न खोजिएको जिकिर पनि गरे ।

सहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र मधेशमा नागरिक उन्मुक्ति पार्टीको उदय नै षड्यन्त्रको भरमा भएको बताउँदै उनले भने,‘ ‘सहरिया मध्यम वर्गलाई राष्ट्रिय पार्टीबाट अलग गर्ने एउटा नियोजित चाल यो निर्वाचनका क्रममा सफल भएको छ ।’

यसो भनिरहँदा उनले सहरीय वौद्धिक वर्गमाथि पनि प्रहार गरे । पुराना पार्टीहरुलाई शिक्षित जनताले नरुचाएको सत्यलाई छोप्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव पूूर्वाधार, आर्थिक एवं सामाजिक हिसाबले राज्यको धेरै सुुविधा लिएको ठाउँमा मात्रै परेको जिकिर गर्न भ्याए । ‘पूूर्वाधार हिसाबले अगाडि बढेको मोरङ, झापा, रुपन्देही, दाङ जस्ता ठाउँमा स्वतन्त्र पार्टीको प्रभाव बढेको देख्छौं’,उनले भने, ‘राज्यले ध्यान दिन नसकेको ठाउँ कर्णालीमा स्वतन्त्र पार्टीको प्रभाव देखिन्छ ? दुुर्गम पहाडी जिल्लाहरुका स्वतन्त्र पार्टी देखिन्छ ? तराई मधेशमा स्वतन्त्र पार्टी देखिन्छ ? देखिँदैन ।’

मधेशमा सीके राउत नेतृत्वको जनमत पार्टी तथा पश्चिम तराईमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुुक्त पार्टीको उदयमा पनि नेपाली विरोधी शक्तिको हात रहेको उनको भनाइ थियो । मधेशमा नयाँ शक्तिको उदयले नेपालको राजनीति पुनः क्षेत्रीयतातर्फ धकेलिने पनि उनले जिकिर गरे ।

रेशम चौधरी थारु भएकै कारण जेलमा रहेको भाष्य निर्माण भएको र त्यसले मत परिणाम फरक परेको बताउँदै उनले थपे,‘अनेक राजनीतिक घटनाका अभियुुक्तलाई राज्यले छोड्यो । थारुकै छोरा भएका कारणले रेशम चौधरी जेलमा बस्नुुप¥या छ भन्ने एजेन्डाका नाममा एउटा पार्टी निर्माण गरियो, त्यही पार्टीले जनमतलाई विभाजित गरिदियो ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->