बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा ब्याजदर विरुद्धको आन्दोलन सार्वजनिक, महासंघको केन्द्रीय कार्यालय घेर्ने चेतावनी

नवलपुरमा ब्याजदर विरुद्धको आन्दोलन सार्वजनिक, महासंघको केन्द्रीय कार्यालय घेर्ने चेतावनी


  • खगेन्द्र पराजुली
  • मंसिर २८ २०७९, बुधबार

नवलपुर/ नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले आवश्यक परे उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय घेराउ गर्नेसम्मको चेतावनी दिएका छन् । मंगलबार सदरमुकाम कावासोतीस्थित संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा चर्को ब्याजदरविरुद्धको दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष अर्यालले यस्तो चेतावनी दिएका हुन् ।

उद्योग वाणिज्य महासंघका अधिकांश केन्द्रीय नेतृत्वको बैंकहरुमा लगानी रहेको र बैंक सञ्चालकसमेत रहेकाले महासंघ नै मौन रहँदा स्थानीय, जिल्ला तथा प्रदेशका संघ र महासंघको दवावलाई केन्द्रीय महासंघले चासो नदिएकोप्रति उनको गुनासो रहेको छ । नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले बैक तथा वित्तीय संस्थाद्वारा गरिएको व्याजदरको विरोध अन्तरगत दोस्रो चरणको आन्दोलनमा सबै सरोकारवाला सहभागी भएर दवाव सृजना गर्न आग्रह गरेका छन् ।

संघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत बुधवार जिल्ला स्थित सम्पूर्ण बैक तथा वित्तीय संस्थामा पुगेर ज्ञापन–पत्र बुझाउने कार्यक्रम रहेको छ भने पुस ५ गते कावासोतीको इन्द्रचोकमा कालोपट्टीसहित धर्ना तथा हस्ताक्षर संकलन गर्ने जनाएको छ ।

पुस ६ गते शान्तिपूर्ण रुपमा प्लेकार्ड र व्यानरसहित कावासोती नगर परिक्रमासँगै विरोध प्रदर्शन गरी ६ गते जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई संकलित हस्ताक्षरसहित ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ । नवलपुर उद्योग वाणिज्य संघमा भएको आन्दोलन घोषणा सावर्जनिक कार्यक्रममा गैंडाकोट, देवचुली र मध्यविन्दु उद्योग वाणिज्य संघलेसमेत संयुक्त रुपमा ऐक्यवद्धता जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->