शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

विश्वकप फाइनल : फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर

विश्वकप फाइनल : फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७९, आइतबार

पोखरा / एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अग्रता दोब्बर बनाएको छ।

खेलको ३६ औँ मिनेटमा एञ्जल डिमारियाको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेका हुन्।

यसअघि खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

आजको खेलमा फ्रान्सलाई पराजित गरे अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जित्नेछ ।

अर्जेन्टिना यसअघि अन्तिम पटक सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो।

उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । चार वर्षअघि फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो ।

सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० को नतिजामा पराजित गरेको थियो। भने फ्रान्सले मोरक्कोलाई २-० को नतिजामा परातिज गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->