शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको रोमाञ्चक बराबरी, खेल अतिरिक्त समयमा

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको रोमाञ्चक बराबरी, खेल अतिरिक्त समयमा


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७९, आइतबार

पोखरा / फिफा विश्वकप २०२२ को फाइनल खेलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएको छ।

खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो।

फ्रान्सका लागि दुवै खेल केलियान एम्बाप्पेले गरेका थिए। खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका उनले त्यसको एक मिनेटभित्रै अर्को गोल गरेका थिए।

यसअघि खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत अर्जेन्टिनाका लियोनेल मेस्सीले टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ३६ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए। तर, अर्जेन्टिनाले अग्रता बचाइराख्न भने सकेन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->