सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विश्वकप फाइनल : बराबरीपछि खेल ३० मिनेट लम्बियो

विश्वकप फाइनल : बराबरीपछि खेल ३० मिनेट लम्बियो


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७९, आइतबार
AL DAAYEN - Kylian Mbappe of France celebrates the 2-2 during the FIFA World Cup Qatar 2022 final match between Argentina and France at Lusail Stadium on December 18, 2022 in Al Daayen, Qatar. AP | Dutch Height | MAURICE OF STONE (Photo by ANP via Getty Images)

पोखरा / फिफा विश्वकप २०२२ को फाइनल खेलको पहिलो हाफमा २–० ले पछि परेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्किएको छ ।

पहिलो हाफमा एकपक्षिय खेल खेलेको अर्जेन्टिना दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा निर्धारित ९० मिनेटको खेल बराबरीमै रोकिएको हो ।

अर्जेन्टिनाले खेलकोे २३ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी क्षेत्रभित्र ओस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

कप्तान मेस्सीले सहजै गोल गरे । ३६ औं मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डि मारियाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे ।

एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया चुकेनन् ।

उता खेलको ७९ औं मिनेटमा एम्बाप्पले पेनाल्टिमै गोल गर्दै अग्रता घटाए । त्यसको एक मिनेटपनि बित्न नपाउँदै उनले व्यक्तिगत दोस्रो गोल गर्दै बराबरीमा ल्याए । खेल ३० मिनेट लम्बिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->