आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

दलको नेतामा देउवाविरुद्ध गगनले दिए उम्मेदवारी

दलको नेतामा देउवाविरुद्ध गगनले दिए उम्मेदवारी

शेखर कोइराला प्रस्तावक, समर्थकमा धनराज, विश्वप्रकाश र प्रदीप ।


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०७९, मंगलबार

काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्री थापाले मंगलबार दिउँसो सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय पुगेर दलको नेतामा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनलाई नेता डा। शेखर कोइरालाले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् भने उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेलले समर्थन गरेका छन् ।

संसदीय दलको नेतामा महामन्त्री थापाले सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नेछन् । कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन भोलि बुधबार हुँदै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->