बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रचण्डप्रति पाण्डेको आक्रोश

प्रचण्डप्रति पाण्डेको आक्रोश


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७९, आइतबार

बागलुङ/कांग्रेसको संसदीय दलको नेता चुनिएर मुख्यमन्त्रीको सपना देखेका सुरेन्द्र पाण्डे अहिले प्रतिपक्ष बेच्नमा पुग्ने निश्चित भएको छ ।

राष्ट्रिय राजनीतिले नयाँ मोड लिएपछि प्रतिपक्षको सिट सुरक्षित जस्तै भएका पाण्डेले प्रचण्डको दोधारे नीतिले मुख्यमन्त्री गुमाएकोमा आक्रोससमेत पोखेका छन् । ‘के सोचे मैले, के भयो अहिले’ भन्दै प्रतिपक्ष बेञ्चमा सिमित बन्नुपरेकोमा तिक्तता र आक्रोस पनि व्यक्त गरेका छन् ।

शनिबार बागलुङमा आयोजित ३६ औं मेलमिलाप दिवशको कार्यक्रममा बोल्दै उनले प्रचण्डप्रतिको आक्रोस पोखेका छन् । उनले कम्प्युनिष्ट सँगको मेलमिलापभन्दा आफ्नै दलभित्रको मेलमिलाप बढाएमा कांग्रेसलाई फाइदा हुने पनि बताए । उनले प्रचण्डको चटके र अबसरबादी चरित्रले जनतालाई जवाफ दिन अप्ठ्यारो परेको पनि बताए ।

राजनीतिक कोर्ष फेरिनुमा सभापति देउवासहित नेतृत्वको केही कमजोरी भएपनि प्रचण्डको दोधारे नीति कारक भएको उनको टिप्पणी थियो । ‘जनतालाई के बोलेर आश्वासन दिएको छ भन्ने कुरामा धोका भएको छ’ उनले भने, ‘धन्यवाद दिन समेत नभ्याउँदै फेरिएको कोर्षको जिम्मेवारी कसले लिने ?’ प्रचण्ड प्रधानमन्त्री भएकोले जिल्लामा साधन श्रोत आउने र बिकासमा गति लिने कतिपय बुझाइ भएपनि
संविधानको रक्षा र जनतालाई राजनीतिक संस्कार दिने गरी भएका बाचा भने तोडिएको उनको भनाइ थियो ।

पण्डेले प्रचण्ड बोलीको ठेगान नभएको नेता भएको आरोप समेत लगाएका छन् । ‘एक महिनासम्म काँधमा बोकेर हिंडेको मान्छे मै हुँ, जे चाहना र अपेक्षाले आएका थियौं, त्यो हुन सकेन’ उनले भने, ‘अर्काको बैसाखी बन्दा आउने समस्या अब प्रष्ट भएको छ ।’ पटक पटक माओवादीको बैसाखी बनेर कांग्रेसले आफ्नो सिद्दान्त बिर्सेकोले अब एक्लै लड्ने ताकत बनाउनु पर्ने समेत बताए । मेलमिलाप दिवसले कांग्रेस भित्रको मेलमिलाप बलियो बनाउनुपर्ने सन्देश मिलेको उनको भनाइ थियो ।

उनले राष्ट्रिय सभामा संसदीय दलको नेता भएर खेलेको भूमिकाबाट मुख्यमन्त्रीसम्म बन्ने चाहना राखेका थिए । प्रचण्डलाई संघमा अगाडि सार्दा उनी सोही स्थानबाट प्रदेशसभामा चुनाव लडेका थिए । शनिबार भएको ३्र६ औं मेलमिलाप दिवशको अबसरमा उनले कम्युनिष्ट सँगको मेलमिलापले जनता र कांग्रेसले धोका पाएको टिप्पणी गरे । उनले कांग्रेस सहितको सहकार्यलाई १५ बर्ष जोगाउने बताएकोमा एक महिना नबित्दै तोडेको आरोप लगाए ।

प्रचण्डको भाषा उदृद गर्दै पाण्डेले तीन बर्षसम्म नेकपामा बसेर ज्ञान पाएकोले गठबन्धन नतोड्ने आश्वासन दिएको तर छाडेर हिंडेको बताए । उनले प्रचण्डलाई अबसरवादी नेताको रुपमा चिन्नुपर्नेमा कतिपयले डाइनामिक नेता भनेको टिप्पणी गरे । ५ बर्ष प्रदेशमा बसेर पनि जनताको विकासमा साथ दिने उनले प्रतिबद्धता गरे । उनले कांग्रेस भित्रको मेलमिलाप बढाउने काममा समय दिने पनि बताए । सानो गल्तीले सत्ता गुमेको कुरा अब कांग्रेस नेतृत्वले राम्रोसँग बुझ्नुपर्ने भन्दै दलभित्रको एकता र मेलमिलाप बढाएमा केही समयमै कांग्रेस बहुमतमा पुग्ने पनि बताए । नेतृत्वलाई गाली गर्न छाडेर अब पद्दती र बिधि बनाएर संगठनमा लाग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

बालाकोटको कुटनीतिबाट कांग्रेस सचेत बन्नुपर्ने पाण्डेको धारणा थियो । ‘बालुवाटारमा बस्नेले सत्ताको रोटी कता पाक्दैछ भन्ने पनि बुझ्न नसक्नु दुर्भाग्य हो’ उनले भने, ‘कांग्रेस सत्तामा मात्र टिकेको छैन, जनताको सेवामा पनि टिक्छ भन्ने कुरा अब प्रतिपक्षबाट सन्देश दिनुपर्छ ।’ भोलीका दिनमा राजनीतिका षडयन्त्र पनि बुझेर अगाडि बढ्न सक्षम नेतृत्व चाहिने बताए । मेलमिलाप दिवशकै अबसर पारेर बागलुङबाट गण्डकी प्रदेशमा निर्वाचित प्रत्यक्षतर्फका ४ जना र समानुपातिकतर्फका २ गरी ६ जनालाई कांग्रेसले सम्मानसमेत गरेको थियो ।

कांग्रेस सभापति तथा प्रदेशसभा सदस्य जितबहादुर शेरचनको अध्यक्षता, सचिव हरिहर शर्माको संचालन र उपसभापति सागर छन्त्यालको स्वागतमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्यहरु दिपेन्द्रबहादुर थापा, द्रोण कुँवर, डिल्लीराम सुवेदी, दिलमाया पौवी, पूर्व केन्द्रीय सदस्य रत्ना शेरचन, गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ र नेता जगदिशचन्द्र उपाध्यायले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->