आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कास्की कांग्रेसमा आरोप–प्रत्यारोप : सभापति किशोरदत्तको राजीनामा माग

कास्की कांग्रेसमा आरोप–प्रत्यारोप : सभापति किशोरदत्तको राजीनामा माग


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०७९, बिहिबार

पोखरा/ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई कारबाहीसहित उनको राजीनामा माग गरिएको छ । कांगे्रस मादी गाउँपालिका वडा नम्बर ९ का इकाइ सभापति प्रभात अधिकारीले अनुशासन समितिलाई पत्र लेख्दै राजीनामा मागेका हुन् । कास्की क्षेत्र नम्बर १ अन्तर्गतका ३० वटै इकाइ कार्यसमितिका अगुवा नेता तथा कार्यकर्ताको हवाला दिँदै लेखिएको पत्रमा किशोरदत्तले गठबन्धनका उम्मेदवारलाई असहयोग र अन्तर्घात गरेको आरोप लगाइएको छ ।

कास्की कांग्रेसले गएको मंसिर ४ गते सम्पन्न चुनावमा निवर्तमान सभापति कृष्ण केसीमाथि संस्थागत अन्तर्घात गरेको आरोपसहित केन्द्रीय अन्ुशासन समितिलाई कारबाहीको सिफारिस गरेलगत्तै सभापति किशोरमाथि नै कारबाहीको आवाज उठाइएको हो । कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसी मादीका बासिन्दा हुन् । गएको चुनावमा किशोरदत्त कास्की क्षेत्र नम्बर १ बाट प्रतिधिनिसभा उम्मेदवार थिए ।

मादी ९ का इकाइ सभापतिले केन्द्रीय र प्रदेश अनुशासन समितिलाई बोधार्थ दिँदै लेखिएको निवेशनमा किशोरदत्तले आफू केन्द्रीत राजनीति गरेर अन्य सबै उम्मेदवारलाई असहयोग गरेको आरोप लगाइएको छ ।

स्थानीय तहको निर्वाचनमा आफ्नो दाबी राख्दै आएका बरालकै कारण उपमेयर उम्मेदवार कोपिला रानाभाटको पराजय भएको र सभापति बराल स्वयंको घोषणा विपरीत पदलोलुप भएको जिकिर पनि गरिएको छ । बरालले कास्की कांग्रेसको सभापतिको उम्मेदवार हुँदै गर्दा ५ वर्षका लागि कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका थिए ।

निवेदनमा स्थानीय तह निर्वाचनमा पटक–पटक कोठे बैठक गर्दै निर्णय गर्ने तर कार्यान्वयन नगरी संगठन अलपत्र पार्ने गरेको, रुपा गाउँपालिकामा उम्मेदवारी एकलौटी र विधि विधान विपरीत परिवर्तन गरेको, यही कारणले कांग्रेस उम्मेदवार पराजित भएको, पोखरा ३१ वडा कार्यसमितिको विवादलाई चरम उत्कर्षमा लगि गुटको राजनीति गरेको तथा त्यही कारणबाट सभापति महेश पौडेललगायतले पार्टी परित्याग गरेको पनि जिकिर गरिएको छ ।

पाँच दलीय गठबन्धन कास्कीका गोप्य निर्णय बाहिर लग्दै आफूलाई मात्रै मत मागेको, जिल्लाभरिको गठबन्धन कमजोर बनाएर आफूमात्रै जित्ने सहमति गरेको, विपक्षी एमाले उम्मेदवारसँग पटक पटक बैठक बसी कास्की १ (क) र (ख) का एमालेसँग कांग्रेस र गठबन्धन कमजोर बनाउने र आफूमात्रै सफल हुने सहमति गरेको निवेदनमा उल्लेख छ ।

आफ्नै पोखरा वडा १३ (रतनपाण्डे मावि बुथ) मा आफूले ५४२ ले लिड गर्दा प्रदेश उम्मेदवार दीपक गुरुङले मात्रै २ सय ४० मतले मात्र लिड गर्नुमा पनि बराल नै दोषी रहेको निवेदनमा उल्लेख छ । पार्टीका जिल्ला सभापति बरालले गुटगत कार्यकर्ता मात्र परिचालन, चन्दा आतंक, समानुपातिक मत माग्न र मतदाता शिक्षा दिन कुनै प्रयास, प्रचार नगरेको, व्यक्तिगत प्रचारप्रसार, भिडियो अपिल तयार गरी एक्लै हिँडेको, जसले मतदाता कार्यकर्ता र गठबन्धन नै अन्योलमा परेको र विपक्षीलाई सहयोग पुगेको पनि निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->