बागलुङ/ गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले संघिय शिक्षा ऐन छिटो आउनुपर्ने बताएका छन् । ऐन अभावमा धेरै काम अलपत्र भएको उनले बताए । शिक्षामा गुणस्तरीयता बढाउन सामुदायिक विद्यालयको शिक्षा सुधार्नुपर्ने पनि बताए ।
बागलुङ नगरपालिका वडा नं. १३ स्थित जनमत माध्यामिक विद्यालयको ४२ औैैं वार्षिकोत्सव उद्घाटन गर्दै उनले सामुदायिक शिक्षा सुधार्न राज्यबाटै पहल हुनुपर्ने बताए । तीन तहकै सरकारले सहकार्य गरेमा शिक्षामा सुधार गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयका उपसचिव तथा विद्यालयका संरक्षक डिल्लीराम रिजाल, बागलुङ नगरपालिका वडा नंं १३ का अध्यक्ष नारायण शर्मा पौडेल वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले विद्यालयको शिक्षा गुणस्तर सुधारका लागि अभिभावक र शिक्षक दुवैको उत्तिकै भूमिका हुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, नेकपा एमालेका अध्यक्ष टेकबहादुर रोका, नेकपा माओवादी केन्द्रका अध्यक्ष रेशमबहादुर खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रामप्रसाद अधिकारी स्थानीय रामबहादुर खत्री, चन्दादाता आनन्दप्रकाश शर्मा, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार भवानीप्रसाद रिजाल, विद्यालयमा स्थापना भएको प्रतिभा पुरस्कारका संरक्षक गणेश रिजाललगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक लक्ष्मीकान्त पौडेलले विद्यार्थीको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा हाल २२० जना विद्यार्थी रहेका छन । विद्यालयको संचालन गरेको आर्थिक अभियानअन्तर्गत एकसातामा मात्र २० लाख रुपैयाँ संकलन भएको छ । कार्यक्रममा २ लाख रुपैयाँ भन्दा बढि सहयोग गर्ने दाता शिव प्रसाद रिजाल र चन्द्रबहादुर खत्री सहितलाई सम्मान गरिएको थियो ।
वार्षिकोत्सव मुल समारोहकै अवसरमा विद्यालयका शिक्षक परशुराम रिजाल, ठाकुर प्रसाद रिजाल, गोमा केसीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम रिजालको अध्यक्षता, शिक्षक अमृता रिजाल, र विद्यार्थी द्धय आकंक्षा विका र संदिप रिजालको स्वागत र शिक्षक द्धय परशुराम रिजाल र ठाकुर प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।





