आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले नेता खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

एमाले नेता खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७९, सोमबार

पोखरा, २५ पुस– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई माओवादी केन्द्र,राप्रपा र नेकपा एसमा प्रवेश गरेका स्वतन्त्र सांसद दिपक मनाङेले समेत समर्थन जनाएका छन् । अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->