बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रधानमन्त्री प्रचण्डले गोरखा आएर भने, ‘जिल्लालाई विकासको नमुना बनाउँछु’

प्रधानमन्त्री प्रचण्डले गोरखा आएर भने, ‘जिल्लालाई विकासको नमुना बनाउँछु’


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०७९, बुधबार

गोरखा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन्।  नेपाल उद्योग वाणिज्य संघले आयोज गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजीक्षेत्रको सहकार्य अनिवार्य रहेको बताए।

प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधारमा लिनुपर्ने नीति र उपायबारे गम्भीर छलफल भएको बताउँँदै उनले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक भएको उल्लेख गरे।

आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति,  सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमासमेत प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गरे। गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दै प्रचण्डले चुनावी प्रतिबद्धताअनुरूप जिल्लाको विकासका लागि लाग्नेसमेत बताए।

कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बूढीगण्डकी जलविद्युत आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक, पालुङटार विमानस्थललगायत ठूला आयोजना अघि बढाउँदै रोजगारी बढाउने उनले बताए।

गोरखालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न आफू लागि पर्ने वचन पनि उनले दिए। सिंगो संसदको विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएको बताउँदै उनले यसले नेपाल र नेपाली जनताको सम्मान भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->