पोखरा / गण्डकी प्रदेशका विना विभागीय मन्त्री पञ्चराम गुरुङले १६ वर्षपछि राज्यले पृथ्वी नारायण शाहमाथि न्याय गरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले शाहको जन्मजयन्ती मनाएर राम्रो काम गरेको उनको भनाइ थियो ।
मन्त्री गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको ३०१ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा पोखरा १८ को जामुनबोटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्दै थिए । सो अवसरमा डाक्टर दिलबहादुर क्षेत्रीले पृथ्वीनारायणलाई जाति, संस्कार र समुदायभन्दा माथि राख्नुपर्ने बताए ।





